काठमाडौ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल र म्यान्मार खेल्ने भएका छन् । रमाइलो त यो छ कि अंक तालिका अनुसार बुधबार हुने पाइनल खेल पनि यी दुईबीच नै हुने भएको छ ।
आज हुने खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरू हुने छ।
प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन्। नेपाल र म्यान्मारले यस अघिका आफ्ना दुवै खेलमा जित हासिल गरेर फाइनलमा आ-आफ्नो स्थान सुरक्षित गरेका हुन्। नेपाल आजको यो १ खेेल अगावै फाइनलको लागि सुरक्षित भएको हो ।
नेपाल र म्यान्मार दुवैले लेबनान र किर्गिस्तानलाई पराजित गरेका हुन्। गोल अन्तरका आधारमा म्यान्मार अगाडि छ भने नेपाल दोस्रो स्थानमा छ।
नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५-० र लेबनानलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो।
त्यस्तै आज यो खेलअघि लेबनान र किर्गिस्तान अपराहन्न १ बजेदेखि खेल्दै छन्। फाइनलबाट बाहिरिए पनि दुवै सान्त्वना जितको खोजीमा आजको खेल खेल्दै छन्।