केपी ओलीको जन्मोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना, यस्ता छन् कार्यक्रम

झापा । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ७३ औँ जन्मोत्सवका अवसरमा झापावासीले आज विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् ।

सो अवसरमा आज बिहान ७ बजे धनुष्कोटीधाममा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम आयोजना गरिने भएको छ । त्यसैगरी बिहान ७ः३० बजे सोही स्थानमा अखण्ड दीप सहित ७३ दीप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै, बिहान ८ बजे विभिन्न स्थानमा ७३/७३ वटा बहुमूल्य जातका बिरुवाहरू रोप्ने वृक्षारोपण कार्यक्रम राखिएको छ ।

नेकपा एमाले क्षेत्र नं ४ को क्षेत्रीय समन्वय समितिले दिउँसो १ देखि २ बजेसम्म विभिन्न व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम राखेको छ । दिउँसो २ बजे नै कन्काई माविमा काजुको बिरुवा रोप्ने कार्यक्रम राखिएको छ ।

स्थानीय आयोजकहरूले हिजो (शनिबार) तयारी बैठक राखी सबै कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

प्रोटोन एजुकेसन
adb bank long