काठमाडौ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–९ मा बिहेमा झडप हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाजुराको डुग्रीतोलाका अन्दाजी २९ वर्षीया रणबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।
थापाको शुक्रबार उपचारको क्रममा मृत्यु भएको हो। कुटपिटको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दीर्घ विष्ट, लोकेन्द्र खड्का र खेमराज विष्ट रहेका छन्। अन्य दुई जनालाई पनि घटनाको बारेमा सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।