काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिने गरिएको आर्थिक सहयोगलाई ‘फ्रड’ (ठगी) भनेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले कडा टिप्पणी गरेका छन् ।
पोखरेलले ट्रम्पको सो अभिव्यक्ती प्रति टिप्पणी गर्दै आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।’ त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन् भने त्यसको नैतिक दायित्व पनि ती मुलुककै होला नि! गरिबीमाथिको अपमानबाट जोगिन आफ्नो देश आफैँ बनाउने अभियानमा जुटौ र भनौँ- हामी बनाउछौँ, हाम्रो देश नेपाल।’
अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार मात्रै नेपालको संघीयता सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर सहयोग रोक्दै यसलाई ठगीको संज्ञा दिएका थिए।
यसमा सत्तामै रहेको नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले भने ट्रम्पको टिप्पणीले धेरै प्रश्न उठेको भन्दै स्वदेशकै जिम्मेवार व्यक्तिहरूविरुद्ध छानबिन गरिनुपर्ने माग गरेका थिए।