घाइते बोक्न गएका चालक आफै घाइते, रेडक्रसको गाडीमाथी पनि आक्रमण

काठमाडौ । ताप्लेजुङमा ‘नो केवलकार’ समूह र प्रहरीवीच झडप भएको छ

झडपमापरी घाइते लिन गएको रेडक्रसका कर्मचारी चढेको ट्याक्सीका चालक राजकुमार पौडेल, ११ सुरक्षाकर्मी र एक आन्दोलनकारी घाइते भएका छन् ।

‘नो केवलकार’ समूहले आयोजना गरेको मुक्कुमलुङ पदयात्राको अन्तिम दिन आन्दोलनकारी केबलकार बेस स्टेशन निर्माणतर्फ अगाडि बढेका थिए ।
निर्माणस्थल मै प्रबेशका लागि गरेको प्रयास र सुरक्षाकर्मीले रोक्न खोज्दा झडप भएको हो ।

प्रहरीले भीड नियन्त्रण गर्न ७ सेल अश्रुग्यास हानेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् ।

घाइतेको उद्धारका लागि फुङलिङबाट रेडक्रस सभापति इन्द्रबहादुर गुरुङ र ताप्लेजुङ उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बू गाडी लिएर गएका थिए ।

आन्दोलनकारीको आक्रमणबाट गुरूङ र लिम्बुका गाडीको शिशा फुटेको र चालक घाइते भएको प्रहरीले जनाएको छ ।

प्रोटोन एजुकेसन
adb bank long