जन्ती पुर्याएर फर्किँदै गरेको बस दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काभ्रे। काभ्रेमा जन्ती पुर्याएर फर्किएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान जन्ती पुर्याएर फर्किएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रोटोन एजुकेसन
adb bank long