संविधान सभा सदस्य विदुर सापकोटाको निधन

Telecom

काठमाडौ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ।

संविधान सभाका सभासद् समेत भएका सापकोटाको काठमाडौँस्थित हेल्पिङ ह्यान्ड हस्पिटलमा उपचारका क्रममा आज बिहान ३:५० बजे मृत्यु भएको पार्टीले जनाएको छ।

उनी एकीकृत समाजवादीका बागमती प्रदेश सहइन्चार्जसमेत थिए।

श्रद्धाञ्जलीका निम्ति उनको शव आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बिहान ९ बजेदेखि राखिने बताइएको छ।

 

 

 

 

adb bank long