अहिले सामाजिक सञ्जाल फोटा राख्ने र गाली गर्ने थलो मात्रै भएको छ : इञ्चार्ज गौतम

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एबं प्रेस चौतारी इन्चार्ज राजेन्द्र गौतमले सामाजिक सञ्जालमा जसले जे लेखिदिए पनि हुने प्रवृत्ति निक्कै खतरनाक भएको बताएका छन् ।

बुधबार काठमाडौंमा प्रेस चौतारी नेपाल एशोसियट प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै गौतमले सामाजिक सञ्जालमा लेखेको कुराको कसैले पनि जिम्मा लिनु नपर्ने स्थिति बनेको बताएका हुन् । पत्रकारिता क्षेत्रको लागि पनि यो विषय निक्कै चुनौतीपूर्ण भएको उनले बताए ।

सामाजिक सञ्चालनमा आएको विकृति नेपालको लागि मात्र होइन विश्वको लागि नै चुनौती बनिरहेको गौतमले बताए । त्यसैले यसलाई नियमन र नियन्त्रण गर्नुपर्ने उनको धारणा छ । सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन गर्ने विधेयक यस अर्थमा सही भएको गौतमले बताए ।

सामाजिक सञ्जाललाई स्वच्छ राजनीतिक बहसको थलो बनाउनु पर्ने उनको धारणा छ । सामाजिक सञ्जालमा कुनै पनि विषयमा आफ्नो धारणा राख्ने गरेको नपाइएको उनको भनाइ छ । अहिले सामाजिक सञ्जाल फोटा राख्ने र गाली गर्ने थलो मात्रै भएका उनले बताए ।

राजनीतिलाई स्वच्छ र मर्यादित बनाउनु पर्नेमा उनले जोड दिए । राजनीतिक विषयमा खुल्ला बहस गर्नुपर्ने गौतमको धारणा छ ।‘राजनीति देशको मूल नीति हो, राजनीति बिनाको जीवन परिकल्पना गर्न सकिँदैन, विचार विनाको स्वतन्त्रताले कुनै अर्थ राख्दैन’, उनले भने ।

गौतमले नेपाली पत्रकारितामा अहिले नलेख्ने पत्रकारहरूको भिड बढी भएको बताएका छन् । यस्तो अवस्थामा प्रेस चौतारी आबद्ध पत्रकारहरूले आफ्नो भूमिकालाई थप बढाउनु पर्ने पनि गौतमको सुझाव छ ।

प्रोटोन एजुकेसन
adb bank long