रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई ठुलो धक्का लागेको छ । उनको गृहजिल्ला रौतहटका प्रेस संगठन नेपालमा रहेका पत्रकारहरू आफ्नो मुल घर प्रेस चौतारी नेपालमै फर्किएका छन्।
प्रेस चौतारीको आठौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा मंगलबार समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा आफ्नो सिंगो टीमसहित प्रेस चौतारीमा फर्किनुभएको छ ।
झाले महासंघको दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । झासँगै उक्त संगठनका केन्द्रीय सदस्य कृष्ण तिवारी पनि प्रेस चौतारीमा फर्केका छन् ।
झा र तिवारीलाई चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र वरिष्ठ नेता विश्वमणि सुवेदी, महासचिव हिरामान लामालगायत मधेश प्रदेशका नेकपा एमाले र प्रेस चौतारीका नेताहरूले स्वागत गरेका थिए।
रौतहटका समाजवादी पत्रकारमध्ये अब सवै संगठनमा समाहित भएको जिल्ला अध्यक्ष आदर्श उपाध्यायले जानकारी दिएका छन् ।
त्यसैगरी नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गर्ने चेतावनी दिएको छ ।
गत शुक्रबार संगठनको केन्द्रीय कार्यालयमा संगठनका महासचिव महेश श्रेष्ठको अध्यक्षतामा घोषणा भएको नयाँ नेतृत्वप्रति पदाधिकारी र प्रदेश अध्यक्षहरूले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका छन् ।