अध्यादेश जसरी भए पनि पास हुन्छ : मन्त्री अधिकारी

Telecom

कपिलवस्तु । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएका अध्यादेश जसरी भए पनि पास गरिने बताएका छन् । नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा यी अध्यादेश ल्याउन नसकेको टिप्पणी गरेका छन् ।

‘त्यो बेलामा पनि मैले यही मन्त्रालय सम्हालेको थिए । त्यो बेला नसकेको अध्यादेश अहिले सरकारले ल्याएको छ । भूमि सम्बन्धी अध्यादेशको नबुझी विरोध भएको छ । पूर्व प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेले समेत जनता सँग मत माग्ने बेला भूमि हिनलाई जग्गा उपलब्ध गराउने बाचा गरेका थिए,’ मन्त्री अधिकारीले भने।

उनले सरकारले ११ ओटा नयाँ ऐन बनाउने गरी अगाडी बढेको बताएका छन् । अहिले ६ ओटा अध्यादेश संसदमा टेबुल भएको छ । ती अध्यादेश भित्र २८ देखी २९ ओटा कानुन रहेका छन् । त्यो बाहेक मिडिया र नागरिकता सम्बन्धी विधेयक समेत पेस भएको बताए ।

एमाले जिल्ला इन्चार्ज गिरिधारीलाल न्यौपानेले एमालेले गरेका कार्यहरूको मूल्याङ्कन गर्दा जनताले पार्टीलाई फेरि विश्वास गर्ने बताएका छन् । उनले एमाले गरिब जनतासँग जोडिएको पार्टी भएकाले विपक्षीहरूले असफल बनाउन खोजे पनि सफल नहुने दाबी गरेका छन् । बैठकले जरा केन्द्रित अभियान मार्फत पार्टीले गरेका काम र सन्देश लिएर हरेक मतदाताको घरदैलोमा पुग्ने योजना बनाएको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले बताए ।

adb bank long