महाकुम्भकै नाममा ६० बढीले ज्यान गुमाए, गएराति मात्रै रेलवे स्टेशनको भागदौडमा १७ को मृत्यु

Telecom

काठमाडौ । भारतको उत्तरप्रदेश राज्यको प्रयागनगरमा चलेको महाकुम्भ मेलाको नाममा अहिलेसम्म ६० जना भन्दा बढीले ज्यान गुमाएका छन् ।

हिजो (शनिबार) राति मात्र कुम्भ मेला जाने यात्रुहरूको भिड बढेसंगै भएको भागदौडमा नयाँ दिल्ली रेलवे स्टेसनमा १७ जनाको मृत्यु भएको छ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार करिब ९:२६ बजे भएको भागदौडमा १४ महिला र ३ बालबालिकाको मृत्यु भएको हो। घटनामा २५ भन्दा बढी घाइते भएका छन्।

दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो। महाकुम्भ जान दिउँसो ४ बजेदेखि नै स्टेसनमा भीड लागेको थियो।राति करिब ८:३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चिएको थियो।

यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको थियो।

त्यसैगरी दुईदिन अघि कुम्भ मेलामा भाग लिन जाँदै गरेको बोलेरो र कुम्भमेलाबाट फर्कदै गरेको बस एकआपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

यसैगरी गत माघ १९ गते कुम्भ मेलाबाट फर्कदै गरेको गाडी बिहारको मुज्जफरपुरमा साइकललाई बचाउने क्रममा अनियन्त्रित भएर सडकमा बजारिँदा ५ जना नेपाली नागरिकको मृत्यु भएको थियो ।

adb bank long