रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

Telecom

चितवन । पूर्व-पश्चिम राजमार्गमा पर्ने नवलपुर (नवलपरासी सुस्तापूर्व)को कावासोतीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ।

कावासोती नगरपालिका-८ खरकट्टामा बिग्रिएर रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा नवलपरासी पूर्वको देवचुली नगरपालिका-१६ का २९ वर्षीय केशव महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

जंगल क्षेत्रमा बिग्रिएर सडक किनारामा रोकिराखेको लु २ ख ४१६६ नम्बरको टिपरमा ना ३८ प १२७५ नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते महतोलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  तीव्र गतिको कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

adb bank long