कुम्भ मेलामा जाँदै गरेको बोलेरो र फर्कँदै गरेको बस एकआपसमा ठोक्किँदा १० जनाको मृत्यु , १९ घाइते

Telecom

काठमाडौ । भारतको उत्तर प्रदेश राज्यमा पर्ने प्रयागराजमा जारी कुम्भ मेलामा भाग लिन जाँदै गरेको बोलेरो र कुम्भमेलाबाट फर्कदै गरेको बस एकआपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

भारतीय संचार माध्यमका अनुसार मृतक सबै छत्तीसगढको कोरबा र जांजगिर चम्पा जिल्लाका बासिन्दा थिए। छत्तीसगढ प्रहरी प्रवक्ताका अनुसार कोरबाबाट १० जना श्रद्धालु बोलेरोमा प्रयागराज जाँदै थिए। उत्तर प्रदेशको मिर्जापुर-प्रयागराज राजमार्गमा रहेको मनुका पुरा गाउँनजिकै राति अबेर उनीहरू सवार बोलेरो बससँग ठोकियो।

प्रहरीका अनुसार ठोकिँदा बोलेरोको अगाडिको भाग कच्याकुचुक भएको छ भने बोलेरोमा सवार सबै १० जनाको घटनास्थलमै मृत्यु भयो।उता बसमा सवार १९ यात्रु पनि घाइते भएका छन्। उनीहरूलाई रामनगरको सरकारी अस्पतालमा भर्ना गरिएको छ।

बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन्, जो कुम्भमा नुहाएर वाराणसी फर्किंदै थिए।

adb bank long