कक्षा १२ को परीक्षा बैशाख ११ देखि सुरू (परीक्षातालिकासहित)

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ। सार्वजनिक परीक्षातालिका अनुसार आगामी बैशाख ११ गतेदेखि परीक्षा संचालन हुने भएको छ ।

बोर्डले आज (शुक्रबार) सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षीक परीक्षातालिका सार्वजानिक गरेको हो।

साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु भएर  वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ।

परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

हेर्नुहोस् परीक्षा तालिका

प्रोटोन एजुकेसन
adb bank long