आज ‘भ्यालेन्टाइन्स डे’, प्रेमील जोडीले प्रेम साटेर मनाउदै

काठमाडौ । आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’, नेपालसहित विश्वभर प्रेमिल जोडीहरूले एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ ।

हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी यो प्रणय दिवस मनाउने गरिन्छ ।

विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा यो प्रणय दिवसलाई लिने गरिन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ । यो दिवस अहिले विश्वभर चर्चित छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको छ ।

भ्यालेन्टाइन कै लागि भनेर भारतबाट १ करोड बढीको गुलाब आयात भएको जनाइएको छ भने अन्य कार्डहरू पनि सोही बराबरको आयात भएको जनाइको छ ।

आजको दिन पर्यटकीय स्थलहरूमा प्रेमील जोडीको घुइँचो लाग्ने गर्दछ । पछिल्लो समय नेपालमा पनि यसले स्थान पाउदै गएको  छ ।

प्रेमील जोडी मात्र नभई परिवारसहित घुमफिर गरेर बनाउने चलन छ ।
आज काठमाडौका नगरकोट, चितवनको सौराहा , पोखरा, लुम्बिनी लगायतका पर्यटकीय स्थलमा प्रेमिल जोडीको घुइँचो लाग्ने गर्दछ ।

प्रोटोन एजुकेसन
adb bank long