हेटौँडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदीमा ग्यास बोकेको इन्डियन बुलेट दुर्घटना भएको छ । बाटो बिराउदा सो दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।
हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको इन्डियन बुलेट गाडी भीमफेदी गाउँपालिका-१ रातोमाटेमा दुर्घटना भएको हो।
बुलेट दुर्घटना भएसंगै सो सडक एकतर्फी मात्रै सञ्चालन भएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार राति ९ बजेतिर सो दुर्घटना भएको हो।ग्यास बुलेट पल्टिएको सडकको भित्ताको साइडमा ट्र्याक खोलेर हाललाई अस्थायी रूपमा साना सवारीसाधनलाई एकतर्फी गुड्न दिइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
प्रहरीका अनुसार चालकले बाटो बिराउँदा सो दुर्घटना भएको हो । सडक साँघुरो र अप्ठ्यारो भएका कारण बुलेट दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।