सीआईडी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ

Telecom

बुटवल । कपिलवस्तुमा प्रहरीको सीआईडी हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ३२ वर्षीय ऋषिराम घिमिरे र ३२ वर्षीय जीवन थापा छन्।उनीहरूले आफुलाई  इलाका प्रहरी कार्यालय पिपराबाट आएको सीआईडी हो भनेर एक घरमा तलासी लिएर १७ हजार रूपैयाँ नगद ठगेका थिए।

उक्त रकम लिएपछि स्थानीयले प्रहरीलाई खबर गरेसंगै उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेका दुवै जनामाथि आइतबार जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिन म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

adb bank long