नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको नगर अध्यक्षमा मगर

Telecom

उदयपुर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन त्रियुगा नगर समितिको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा ग्राम मगर, महिला उपाध्यक्षमा मिरा रसाइली, खुल्ला उपाध्यक्षमा अङ्कुल थापा, सचिवमा फौद सिंह कार्की र कोषाध्यक्षमा दोसर कटेल सर्वसहमतिबाट निर्वाचित भएका छन्।

शनिवार सम्पन्न अधिवेशनमा “सम्पूर्ण शिक्षकहरु एक हौं” भन्ने नारालाई आत्मसाथ गरिएको थियो। नवनिर्वाचित अध्यक्ष मगरले शिक्षकहरुको हकहितको लागि आफू सधैं तत्पर रहने बताए। उनले सबै शिक्षकहरुलाई एकजुट भएर अघि बढ्न आह्वान गरे।

निवर्तमान अध्यक्ष सन्तोष थापाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन्। उनले आफ्नो कार्यकालमा भएका कामहरुको बारेमा जानकारी गराउँदै आगामी दिनमा पनि शिक्षकहरुको हकहितको लागि लागिरहने प्रतिबद्धता व्यक्त गरे।

adb bank long