चितवन । नारायणगढ- मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ पर्ने गाईघाटमा रात्रीबस दुर्घटना हुँदा २५ भन्दा बढी घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलवाट करिब २० मिटर तल खोल्सिमा खसेर दुर्घटना भएको चोतवन प्रहरीले जनाएको छ ।
बस आज(आइतवार)बिहान पौने पाँच बजे सेतीदोभानस्थित गाईघाटमा गाडीको टायर फड्किएर पुलबाट तल खसेको हो ।
घाईतेहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनास्थलमा नेपाल प्रहरी राजर्माग सुरक्षा तथा ट्राफिक प्रहरीले उद्धार गरिरहेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।