राज्यलाई कमजोर पारेर व्यक्ति बलियो बनाएर समाजवादमा पुग्न सकिँदैन : महासचिव पोखरेल

Telecom

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा नियोजित रूपमा राजनीतिक अस्थिरता फैलाउने प्रयास भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेकपा एमाले वाग्मती प्रदेश कमिटीद्वारा आयोजित प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले त्यसकै परिणामस्वरूप नेपाललाई बङ्गलादेश र श्रीलङ्का जस्तै बनाइदिने धम्की आउने गरेको बताएका हुन्। यो विश्व राजनीतिको प्रभाव पनि भएको उनको धारणा छ ।

नेपाललाई बङ्गलादेश र श्रीलङ्का बनाइदिन्छौँ भन्दै नेताहरूलाई गाली गरेर गन्तव्यमा नपुगिने उनले बताए । देश बनाउन नागरिकमा आशा जगाउनु पर्ने पोखरेलको धारणा छ ।

राष्ट्र निर्माणमा आम नागरिकको सहभागिता जोड्नु पर्ने पोखरेलले बताए । राज्यले नागरिकको लागि लोककल्याणकारी काम गर्नुपर्नेमा उनकाे जोड छ । ‘राज्यलाई कमजोर पारेर व्यक्ति बलियो बनाएर समाजवादमा पुग्न सकिँदैन, समाजवादमा जान बलियो राज्य आवश्यक पर्दछ’, उनले भने।

पोखरेलले यसको लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताएका छन् । त्यसको लागि नेकपा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको पोखरेलको धारणा छ । यसको लागि पार्टीलाई बलियो बनाउनु पर्ने र त्यसका लागि पाटी भन्दा बाहिर रहेको प्रगतिशील शक्तिलाई पार्टीमा जोड्नु पर्ने पोखरेलले बताए।

पोखरेलले दुईवटा ठुला पार्टी राजनीतिक स्थिरता दिन एक ठाउँमा आएका बताएका छन् । ठुला पार्टी सधैँ एक ठाउँमा बस्न नसक्ने बताउँदै पोखरेलले आउने निर्वाचनका कांग्रेस र एमाले छुट्टा छुट्टै चुनाव लड्ने स्पष्ट पारे ।

adb bank long