काठमाडौ । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ। मत मरिणाम आजै आउन सक्ने बताइएको छ ।
दिल्ली चुनावमा मुख्य प्रतिस्पर्धा आम आदमी पार्टी, भारतीय जनता पार्टी र भारतीय कंग्रेसबीच हुने अनुमान छ।धेरैजसो बिष्लेषक र सर्वेक्षणले भाजपाले अग्रता लिने भविष्यवाणी गरेका छन्।
तर आम आदमी पार्टीले यो गलत साबित हुने र ५० भन्दा बढी सिट आफूले जित्ने बताएको छ।यस्तै भारतीय कंग्रेस आफूले पुनरागमन गर्ने बताएको छ।
सन् २०१३ को विधानसभा चुनावमा अरविन्द केजरीवालको आम आदमी पार्टीले दिल्लीका ७० सिटमध्ये २८ सिट जितेको थियो भने भाजपाले ३० भन्दा बढी सिट जितेको थियो।
२०१५ र २०२० को विधानसभा चुनावमा आम आदमी पार्टीले आफ्नै बलबुतामा बहुमत प्राप्त गर्यो।
यसैबीच, २०१४, २०१९ र २०२४ को लोकसभा चुनावमा भाजपाले दिल्लीका सबै सात लोकसभा सिट जितेको थियो।
पछिल्लो समय आम आदमीका अरविन्द केजरीवाल विभिन्न मुद्धामा मुछिएसंगै आम आदमी कमजोर भएको बताइएको छ तर चुनावी परिणाम कस्तो आउछ त्यो भने हेर्न बांकी नै छ ।