पाल्पा । पाल्पामा कोठाभाडा बापतको १४ सय रुपैयाँ नदिएको भन्दै घरभेटीले डेरावालको हत्या गरेका छन् ।
जिल्लाको तानसेन नगरपालिका वडा नम्बर ११, साँचाका ३१ वर्षीय माधव विष्टले आफ्नो घरमा डेरागरी बस्दै आएका रिव्दीकोट गाउँपालिका वडा नम्बर १, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेको प्रहरी समत्क्ष स्विकारेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मासिक ५ सय रुपैयाँ कोठाभाडा दिनेगरी बुढाथोकी विष्टको घरमा बस्दै आएका थिए ।
मादक पदार्थ सेवन गरेका बिष्टले १४ सय कोठाभाडा नदिएको विषयमा विवाद भएपछि हसियाँले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घरभेटी बिष्टमाथी कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालत पाल्पाबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।