कहिले सकिने लक्ष्यकासाथ शिलान्यास भयो, बुटवल-गोरूसिङ्गे सडक  स्तरोन्नति ?

Telecom

काठमाडौ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पा र बुटवलका ४ वटा कार्यक्रमको भर्चुअल रूपमा उद्घाटन गरेका छन् । तर सबैभन्दा बढी निरासा र उत्सुकताको कार्यक्रम भने बुटवल-गोरूसिङ्गे सडक स्तरोन्नतिको बिषयले पाएको छ । बुटवल-नारायणगढ सडक स्तरोन्नत्तिको काम ढिला हुँदा सास्ती खेप्न परेका जनताले अब बुटवल-गोरूसिङ्गे सडक पनि यस्तै ढिलाई भएर सास्ती भोग्नु पर्ने हो कि भन्ने चिन्तामा छन् ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताउँदै अबको तीन बर्षमा सो सडक स्तरोन्नतिको काम सक्नेगरी शिलान्यास गरेको बताएका छन् ।

बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधनसभालाई शुक्रबार भर्चुअल माध्यमबाट मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले सुरुडमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताएका हुन्। उनले आगामी तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्ड विस्तार गरिसक्ने घोषणा गरेका छन् ।

शुक्रबार नै सिद्धबाबा सुरुङमार्गको सफलतापूर्वक ब्रेक थ्रु हुनु एक उपलब्धि भएको बताउँदै ओलीले उच्च संकल्प र आँटका साथ देशको विकास हामीहरु आफैले गर्नुपर्ने जोड दिँदै यसमा विदेशी सहयोगी हातहरुको पनि साथ लिने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले धर्म, जात र अनेक नाममा विभाजन र भ्रम फैलाउन खोज्ने पक्षहरुलाई बेवास्ता गरी एकताबद्ध भई देश बनाउने मार्गमा अग्रसर हुन सबैमा आग्रह गरेका छन् ।

कार्यक्रममा उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेललगायतले सम्बोधन गरेका थिए।

adb bank long