सत्ताच्युत भएसंगै प्रचण्डको गिडगिडाहट : सच्चिएर सबै माओवादीलाई एकजुट गराउने उद्घोष

Telecom

बुटवल । तीनपटक प्रधानमन्त्री भएर पनि जनअपेक्षा अनुसार काम गर्न नसकेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमीकमजोरी सुधार्दै सच्चिने प्रयास गरिरहेको बताएका छन् ।

शुक्रबार दिउँसो  दाङ जिल्लाको सदमुकाम तुलसीपुरको अरनिको मैदानमा भएको पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारीसभालाई सम्बोधन गर्दै उनले विगतमा कमजोरी भएको स्वीकार गरे । ‘२०६४ सालमा मत पाए पनि आफ्नै कमजोरीले सफल हुन सकेनौं,’ उनले भने,’तेस्रोपटक प्रधानमन्त्री हुँदा मात्रै गल्ती, कमजोरी थाहा भयो अनि सुधारका कामहरू सुरू गर्‍यौं ।’ त्यही सुधारका कामअन्तर्गत भ्रष्टाचारविरूद्ध कदम चाल्दा सरकार ढाल्ने षड्यन्त्र भएको उनले बताए ।

कमीकमजोरी सुधारेर समाज र देश परिवर्तनका लागि नेतृत्व गर्ने चाहना रहेको बताउँदै उनले अब २०८४ मा ०६४ मा जस्तै मत दिन आग्रह गरे । ‘म जीवन रहेसम्म सुशासन र परिवर्तनका लागि काम गर्न चाहन्छु,’ उनले भने, ‘अब कमजोरी हुँदैन । म आफूलाई सुधार्न तयार छु । अब जनचाहनाबमोजिम काम गर्छु ।

माओवादी बिग्रियो, टुटफुट भयो भन्ने गुनासो रहेको बताउँदै उनले अब माओवादी आन्दोलनका सबै पक्षलाई एकजुट बनाउने योजना रहेको जानकारी दिए । ‘अब हामी सच्चिएर सबै माओवादी एकजुट हुने प्रयास गर्छौं,’ उनले भने, ‘हामीले बहुमत पाए काम गरेर देखाउँछौं ।’

adb bank long