काठमाडौ । सहकारी ठगी, सांगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लागेका रास्वपा सभापति एबं पूर्व गृहमन्त्री रवि लामिछानेको बिरूद्धमा जिल्ला अदालत काठमाडौमा बहस गरेर निस्कने क्रममा रास्वपाका कार्यकर्ताद्वारा कुटपिट गरिएका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा निवेदन दर्ता भएको छ ।
त्रिपाठीले टेलिभिजन अन्तर्वार्तामा अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन परेको हो।
निवेदक दिलबहादुर राईले त्रिपाठीलाई अवहेलनामा हदैसम्म कारबाही माग गरेका छन् । निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भन्दै तारेक पेशी तोकिएको छ ।