अख्तियारलाई हर्क साङ्पाङको जवाफ : श्रमदान अभियानको खेदो नखन्नु है नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला !

Telecom

काठमाडौ । विभिन्न कार्य र अभिब्यक्तीले भाइरल धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साङ्पाङ)ले आज पुन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दोस्रो जवाफ पठाएका छन् ।

अख्तियारले माघ २ गते गरेको सोधपुछको जवाफ फर्काउँदै आज (शुक्रवार) राईले धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भएको र बोर्डले नगरवासीलाई पानीको आपूर्ति गर्न सवै खाले विधि अपनाउन सक्ने बताएका छन् । साथै उनले खानेपानीको काम गर्दा उजुरी हाल्नेले कति वटा पाइप किनेर ल्यायो भनेर प्रश्न गरेका छन् ।

‘त्यो वाहियात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गर्‍यो ? को हो त्यो ? बुझेर लेखिपठाउनुहोला’, हर्कले अख्तियारलाई भनेका छन् । उनले पानी भनेको विकास नभई जीवनको आधारभूत आवश्यकता भएको भन्दै श्रमदान अभियानको खेदो नखन्न आग्रह समेत गरेका छन् ।

‘श्रमदान अभियानको खेदो नखन्नु है नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला’, उनले भनेका छन्, ‘पानीमा राजनीति गर्नुहुँदैन । पानी माग्न जनता त्यता हाउलान् है फेरि ।’ मेयर राईले यसअघि पनि अख्तियारलाई जवाफ पठाएका थिए ।

गतहप्ता खाली गाग्रो बोकेर सिंहदरबार छिर्न खोजेपछि उनलाई प्रहरीले रोकेसंगै राई फेरी केही दिन सामजिक संजालमा भाइरल हुँदै आएका छन् ।

adb bank long