काठमाडौ । नेकपा एमालेका अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओलीको पाल्पा र रुपन्देहीमा तय भएका पूर्व निर्धारित कार्यक्रममा सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्रीको निजी सचिवालयले स्वास्थ्य अवस्थाका कारण ओली पूर्व निर्धारित कार्यक्रममा भौतिक रूपमा सहभागी हुन नसक्ने भएको जानकारी गराएको छ ।
डाक्टरहरूको सुझाव अनुसार प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित कार्यक्रममा भौतिक सहभागिता रद्द गरेको बताइएको छ ।
प्रधानमन्त्री नजाने भएसंगै ती कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुनेछन् । ब्रेक थ्रु गर्ने कार्यक्रममा भने ओली भर्चुअल रूपमा सहभागी हुनेछन् । गत मङ्गलवार बेलुकादेखि प्रधानमन्त्री ओली अस्वस्थ छन् । घाँटीमा समस्या आएपछि उनको स्वर भासिएको सचिवालयले जनाएको छ ।