बिपक्षी दलको मुख थुन्दै सरकारले बोलायो हिउँदे अधिवेशन, अब के होला बिपक्षीको एजेण्डा !

Telecom

काठमाडौ । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ।

मन्त्रीपरिषद्को आज बसेको बैठकले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को आगामी अधिवेशन माघ १८ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

बिपक्षी दलले मोर्चा नै बनाएर सरकारले हिउँदे अधिवेशन बोलाउन डराएर अध्यादेश ल्याएको भन्दै बिरोधमा उत्रिरहेको बेला सरकारले हिउँदे अधिवेशन बोलाएर बिपक्षीको मुख थुन्ने काम गरेको छ ।

यसका साथै अध्यादेश मार्फत ल्याएका कानुनहरू पनि संसदबाट पासगरी यथाशिघ्र कार्यन्वयन गरेर जनतालाई सहज बनाउने तयारीमा सरकार रहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताएका छन् ।

यसैबीच, बैठकले शिक्षकको निवृत्तिभरणसम्बन्धी अध्यादेशका सम्बन्धमा आएको विषयमा अब नियुक्ती हुने शिक्षकको हकमा मात्र लागू हुने तथा यसअघिको प्रावधान कुनै प्रभावित नहुने निर्णय समेत गरेको शिक्षा मन्त्री विद्या भट्टराईले बताइन्।

योसंगै हिउँदे अधिवेशन बोलाउन ढिला गरेको भनेर सरकारको बिरोध गरिरहेका बिपक्षी दलले अधिवेशन बोलाउने सरकारको निर्णयसंगै अब के भनेर बिरोधमा उत्रेलान भनि आम मानिसले चासो देखाउन थालेका छन् ।

adb bank long