पहिलोपटक बिश्वकप खेल्दै महिला यू-१९ टोली, आज बंगलादेश बिरूद्ध मैदानमा उत्रँदै

Telecom

काठमाडौ । नेपालको यू–१९ महिला टोलीले आज (शनिबार) पहिलोपटक बिश्वकप क्रिकेट खेल्ने भएको छ।

आज मलेसियाको मैदानमा बंगलादेशविरुद्ध नेपाली महिला टोलीले पहिलो पटक विश्वकप खेल्दै इतिहास रच्न लागेको हो।खेल सवा १२ बजे सुरु हुनेछ।

गएको कात्तिकमा युएईमा भएको एसिया छनोट पार गर्दै नेपाली यू–१९ महिला क्रिकेट टोलीले इतिहास रचेको थियो। विश्वकपमा छनोट भएपछि गत महिना एसीसी यू–१९ एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो। त्यसपछि मलेसिया पुगेर अभ्यास खेलेको नेपालले विश्वकप खेल्न लागेको हो।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यो समूहमा नेपालसँगै बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्।

सुपर–६ मा पुग्नका लागि नेपालले कम्तिमा एक टोलीलाई पराजित गर्नुपर्छ।

यो विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट समान तीन/तीन टोली सुपर ६ मा पुग्नेछन्। सुपर ६ मा दुई समूह हुनेछन्।

दुवै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन्। नेपालले माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ।
विश्वकप खेल्ने नेपाली टोलीपूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा,  रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ।

adb bank long