माधब नेपाललाई ठुलो झड्का, समाजवादी प्रेस संगठनका अध्यक्षसहित दर्जनौ पत्रकार प्रेस चौतारीमा प्रवेश

Telecom

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब नेपाललाई अर्को ठुलो झड्का लागेको छ । नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितका पदाधिकारी लगायत दर्जनौ पत्रकारको टोली नेकपा एमालेनिकट प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् ।

समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए ।

२०७७ पुस ५ मा संसद विघटन भएपछि तत्कालिन नेकपासम्बद्ध प्रेस संगठनमा प्रचण्ड-समूहअन्तर्गत प्रेस चौतारी पृष्ठभूमिका पत्रकारको नेतृत्व सुवेदीले गरेका थिए । पार्टी विभाजन भएपछि प्रेस चौतारीको उक्त समूहले समाजवादी प्रेस संगठन स्थापना गरेका हुन् ।

सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

अध्यक्ष सुवेदीले प्रेस चौतारीमा केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । २०५० सालमा छलफल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका उनले २०५५ सालदेखि गत साउन महिनासम्म जनआस्था साप्ताहिकका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । उनी हाल नेपाल प्रेसमा आवद्ध छन् ।

adb bank long