पर्यटन र उत्पादनलाई प्राथमिकता दिएर काम गर्नुपर्छ : शंकर पोखरेल

Telecom

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुम्बिनी क्षेत्रको समग्र विकासका लागि पर्यटन र उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्ने बताएका छन्।

लुम्बिनीमा आयोजित जनप्रतिनिधि, स्थानीय राजनीतिकर्मी लगायतसँगको छलफलमा बोल्दै पोखरेलले लुम्बिनीको समग्र विकासको पहिलो आधार पर्यटन भएको बताएका हुन् ।

पर्यटनसँग जोडिएका क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न आवश्यक रहेको उनको धारणा छ । ‘पर्यटन नै विकासको मूल आधार हो, पर्यटनसँग जोडिएका उत्पादनशील क्षेत्र हस्तकला, पोसाक तथा खानासँग जोडिएका क्षेत्रलाई अघि बढाउन सकिन्छ’, उनले भने।

लुम्बिनी क्षेत्रको भित्रको मात्रै विकास भएर नहुने बताउँदै उनले बाहिरी क्षेत्रको विकासलाई पनि अघि बढाउने गरी विस्तृत गुरुयोजना निर्माण गर्न आवश्यक रहेको बताएका छन् । ‘समग्र लुम्बिनी क्षेत्रको विकासमा आधारित विस्तृत योजना बनाउन जरुरी छ, त्यो योजनाले लुम्बिनी भित्र र बाहिरको क्षेत्रलाई समेट्न सकोस्’, उनले भने ।

लुम्बिनी प्रदेश स्थापना भएपछि लुम्बिनी भ्रमणमा आउने पर्यटककालागि पहिला भन्दा अहिले राम्रा पूर्वाधार बनेको उनले बताए । त्यसैले पर्यटकलाई सहज भएको पोखरेलको भनाइ छ ।

adb bank long