रविका कार्यकर्ताले अधिवक्तामाथि गरेको आक्रमणको एमालेले गर्यो कारबाही माग

Telecom

काठमाडौ । नेकपा एमालेले सहकारी ठगी प्रकरणमा बिपक्षमा बहश गरेकै आधारमा अदालत परिसरमै बरिष्ठ अधिबक्तामाथि भएको आक्रमणको निन्दा र भर्सना गर्दै कडा कार्वाहीको माग गरेको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख राजेन्द्र गौतमले बिहीवार बिज्ञप्ति जारी गर्दै बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै कार्वाहीको माग गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताले सभापति रबि लामिछानेको बिपक्षमा बहश गरेको भन्दै बुधवार जिल्ला अदालत काठमाडौंको परिसरमा नै आक्रमण गरेका थिए । एमालेले सो घटनाको बिरोध गर्दै निष्पक्ष छानविनको माग गरेको छ । बिज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०८१ साल माघ २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा सांघातिक हमला जस्ता निन्दनीय कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

एमालेले जाहेरवालाको तर्फबाट वहश गरेकै आधारमा वहश पैरवीका वुँदाहरुलाई लिएर अराजक समुहवाट वरिष्ठ कानुनविदमाथि भएको यसप्रकारको निन्दनीय कार्यको हाम्रो पार्टी खेद ब्यक्त गरेको छ ।

यस्तो छ बिज्ञप्तिको पूर्णपाठ :-

यही मिति २०८१ साल माघ २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा सांघातिक हमला जस्ता निन्दनीय कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

काठमाडौं जिल्ला अदालत परिसरवाट वाहिरिने क्रममा जाहेरवालाको तर्फबाट वहश गरेकै आधारमा वहश पैरवीका वुँदाहरुलाई लिएर अराजक समुहवाट वरिष्ठ कानुनविदमाथि भएको यसप्रकारको निन्दनीय कार्यको हाम्रो पार्टी खेद व्यक्त गर्दछ । नेकपा (एमाले) सदैव विधिको शासन र कानुनी राज, स्वतन्त्र न्यायपालिका र सम्वद्व कानून व्यवसायीहरुको पेशागत हकहितका पक्षमा दृढ छ,अराजकता र उदण्डताको अन्त्य गर्न र यस्ता अमानवीय घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीउपर कडा भन्दा कडा कार्यवाहीको माग गर्दछ ।

राजेन्द्र गौतम
प्रमुख, प्रचार तथा प्रकाशन विभाग
नेकपा(एमाले)

adb bank long