अपहरणमा परेका बालकको सकुशल उद्धार, घटनामा संलग्न ३ जना हतियारसहित पक्राउ

Telecom

सर्लाही । प्रहरीले सर्लाहीको ब्रम्हपुरी गाउँपालिकाबाट अपहरणकारीले बन्धक बनाई राखेका १ जना भारतीय बालकको सकुशल उद्धार गरेको छ ।

प्राप्त सूचनाको आधारमा गत आइतवार १ बजे प्रहरीले ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ स्थित रामजी साह बस्ने गरेको कोठामा बन्धक बनाई राखेका १५ बर्षिय भारतीय बालकलाई सकुशल उद्वार गरेको हो ।

प्रहरीले अपहरणमा संलग्न सोही ठाँउका ६८ बर्षिय रामजी साह र १९ को बिक्रम पासवानसहित भारतका बिहार सितामडी राजवाडाका २७ वर्षिय प्रवचन साहलाई पक्राउ गरेको छ ।

प्रहरीले अपहरणकारीको साथबाट कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने २  राउण्ड गोली, एउटा मोवाईल , धारिलो सानो चक्कु, हथौडा र BR06BT2850 नम्बरको मोटरसाईकल बरामद गरेको छ।

पक्राउ परेका अभियुक्तहरुलाई सर्लाही जिल्ला अदालतबाट अपहरण, शरिर बन्धक तथा हातहतियार खरखजानाको कसुरमा ७ दिनको म्याद थपगरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

adb bank long