रवि लामिछाने आज काठमाडौ जिल्ला अदालतमा उपस्थित हुने

Telecom

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (आइतवार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँने भएका छन् ।

गत बिहीवार पोखराको सूर्यदर्शन सहकारी ठगी, सांगठनिक अपराध र सम्पत्ति शुद्धिकरण मुद्धामा जिल्ला अदालत कास्कीबाट ६५ लाख धरौटीमा रिहा भएपछि लामिछाने स्थलमार्ग हुँदै काठमाडौ आएका थिए ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा काठमाडौ जिल्ला अदालतमा मुद्दा परेकाले उनी आज जिल्ला अदालतमा हाजिर हुन लागेका हुन्।

लामिछानेलाई काठमाडौ लगायत चितवन, रूपन्देही र पर्सामा पनि सहकारी ठगीको मुद्धा छ । अन्य जिल्लामा मुद्धा भएको अबस्थामा कास्की जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउनुको सट्टा आफै हाजिर हुन भनि रिहा गरेको प्रति अहिले चौतर्फी चर्चा भइरहेको छ ।

adb bank long