न्याय सेवा आयोगद्वारा एकैपटक २०० बढी कर्मचारीको सरूवा तथा बढुवा (सूचीसहित)

Telecom

काठमाडौ । न्याय सेवा आयोगले आफू अन्तर्गतका २०० बढी कर्मचारीहरूको व्यापक सरुवा गरेको छ । बुधबार बसेको बैठकको निर्णय अनुसार सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत, सरकारी वकिलसहित विभिन्न समूहमा सरुवा गर्नुका साथै बढुवा समेत सिफारिस गरेको हो ।

जस अनुसार बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग काठमाडौंका सचिव लोकराज पराजुलीको महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ताका रूपमा सरुवा भएको छ ।

यस्तै नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीलाई आयोगको सचिवका रूपमा पठाइएको छ । आयोगले न्यायसेवाका नौजना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ जना शाखा अधिकृतको पनि सरुवा गरेको छ ।

 सरूवाको सूचीहेर्न तलको लिंक क्लिक गर्नुहोस् :-

https://drive.google.com/file/d/1z_OnypDz2pidGEhvuuN96UTjJdlEK8es/view?usp=drivesdk

adb bank long