काठमाडौ । सशस्त्र प्रहरी वल (एपीएफ) ले एकै पटक ठूलो संख्यामा आवेदन माग गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले आज (शुक्रबार) एक सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षकदेखि भान्सेसम्म गरेर १ हजार १ सय ७९ जना जनशक्ति माग गरेको हो ।
जसअनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचीकार, १० जना सूचीकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २४ गतेदेखि आगामी माघ २४ गतेसम्म निवेदन दिन सक्ने जनाइएको छ ।
हेर्नुस् विज्ञापन :-