मनोरञ्जनको अर्को नाम ‘पाल्देन दोयाङ गुम्बा मेला’ !

Telecom

बारा । भर्खरै दशै , तिहार, छठ लगायतका चाडबाड सकिएर निरास भएकाहरूका लागि भरपुर मनोरञ्जन दिलाउन अब मंसिर २७ गते बिहीवार देखि ३० गतेसम्म बारा जिल्लाको निजगढमा ‘पाल्देन दोयाङ गुम्बा मेला’ लाग्ने भएको छ ।

जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ५ मा रहेको हिरालाल स्मृति खेल मैदानमा बहु-सास्कृतिक मेलाका रूपमा सो मेला आयोजना गरिएको हो ।

सो मेलामा विभिन्न किसिमका सामानहरूको बिक्री स्टलहरू रहने छन् भने अर्कोतिर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिले मेलालाई थप आकर्षक र भरपुर मनोरञ्जन दिलाउने छ।

यस मेलामा राष्ट्रिय स्तरका कलाकार यम बराल, प्रमोद खरेल, घमेश दुलाल, प्रतिमा अर्याल, प्रबिम्स लामा लगायतको उपस्थिती रहने मेला आयोजक समितिले जनाएको छ ।

चार दिनसम्म चल्ने यस मेलालाई थप आकर्षक बनाउन स्थानीय कलाकारहरू नवराज राउत, प्रमिला आलेमगर, बद्री राउत, अमृत थापाको समेत बेजोड प्रस्तुति रहने जनाइएको छ ।

यूनाइटेड डान्स ग्रुप काठमाडौले पनि यश मेलालाई थप मनोरञ्जन प्रदान गर्ने आयोजकले बताएका छन् ।

मेलाको थप मनोरञ्जन प्रदान गर्नका लागि चिट्ठा कार्यक्रम पनि राखिएको आयोजकले बताएका छन् ।

प्रोटोन एजुकेसन
adb bank long