राष्ट्रपति भेट्न प्रधानमन्त्री पुगे टिचिङ हस्पिटल

Telecom

काठमाडौ। प्रोस्टेटसम्बन्धी समस्याका कारण केहीदेखि अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल (टिचिङ हस्पिटल)महाराजगञ्ज  पुगेका छन् ।

हस्पिटल पुगेर ओलीले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सकहरूसँग उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिएका थिए ।

यही मङ्सिर १९ गते सो अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उनको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ ।

adb bank long