काठमाडौ । भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा गरेको चीन भ्रमण र चीनसँग गरेको बीआरआई फ्रेमवर्कप्रति विभिन्न टिकाटिप्पणी भएका बेला काङ्ग्रेस सभापति शेरबहादुर देउवाले भने देशहितका पक्षमा चालिएको महत्त्वपूर्ण कदमका रूपमा अर्थ्याउदै सन्तुष्टि जनाएका छन्।
शनिवार कांग्रेसको कोशी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले ओलीसँगको सहकार्यप्रति ढुक्क हुन पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
यसै सन्दर्भमा उनले भने, ‘ओलीजीसित हामीले सरकार बनाएका छौँ। स्थायित्वका लागि ओलीजीसँग सरकार बनाउनुपरेको हो। दुईवटा पार्टी मिल्दा स्थायित्व हुन्छ। ओलीले काम पनि राम्रो गर्नुभएको छ। ढाँट्ने कुरा छैन। भर्खरै चीनमा गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरेर आउनुभएको छ। उहाँले ग्रान्ट लिएर आउने कुरा गर्नुभयो। यसका लागि ओलीजीलाई धन्यवाद दिन चाहन्छु।’