काठमाडौ । आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। बिहान साढे ८ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्नेगरी बैठक आह्वान गरिएको हो।
बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन, भर्खरै सम्पन्न स्थानीय तह उपनिर्वाचन, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, केन्द्रीय समिति बैठकको तयारी लगायत विषयमा छलफल हुनेछ ।
स्थानीय तहको उनिर्वाचनमा माओवादीले पहिले भन्दा बढी पद जितेको छ । ४१ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा माओवादीले गठबन्धन नगरी गत निर्वाचनमा गठबन्धन गर्दा भन्दा बढी पदमा निर्वाचोत भएपछि उत्साहित भएको छ ।
अखिल क्रान्तिकारीको गत असोज १० देखि १४ गते सम्मका लागि बोलाइएको राष्ट्रिय सम्मेलन स्थगित गरि यही मंसिर २३ र २४ का लागि बोलाए पनि सम्मेलनको पूर्ण तयारी नभएको नेताहरूले बताएका छन्।
अबपनि तयारी नपुगेको भन्दै सम्मेलन सार्ने तयारी रहेको माओवादी स्रोत बताउछ ।