काठमाडौ । सरकारको तलब खाएर जनता र व्यबसायीको सेवामा बस्नुपर्ने डिपो प्रमुख (हाकिम) तेल चोरेर व्याबसायी मार्दै कमाउ धन्दामा उत्रिएका छन् ।
धनुषा जिल्लाको महेन्द्रनगरमा रहेको नेपाल आयल निगमको डिपोका प्रमुख मनोज कुमार साहले अमलेखगंज डिपोबाट आउने डिजेल र बरौनीबाट आउने पेट्रोल डिपो भित्रै चोरी गरेर डेन्सिटी मिलाई कमाउ धन्दा गर्दै आएको खुलेको छ ।
उक्त डिपोमा भण्डारण नगरी अमलेखगंज र बरौनीबाट आएको ट्याक्कर यो डिपोले रूजु गरि बिल जारी गरि व्यबसायीलाई बिक्री गर्दै आएको छ ।
तर यो डिपोका प्रमुखले अमलेखगंज र बरौनीबाट आएका ट्याङ्करलाई डिपोमा राखी ड्राइभर समेतको मिलेमतोमा तेल चोरी गर्ने र व्याबसायी खरिद गर्न मूल्य भुक्तान गरका बखत नभई आफ्नो अनुकुलतामा तेलको डेन्सिटी मिलाई व्यावसायीलाई बिक्री गर्दै आएका छन् ।
यसबारेमा हामीले डिपो प्रमुख साहलाई सम्पर्क गर्दा उनले तेल चोर्ने कुरा स्वीकार गरेका छन् । उनले यो कुरा पहिलादेखि चल्दै आएको समेत लाजै नमानी बताएका छन् ।
हामीले यसो गर्नु कानुनी अपराध हो भन्ने थाहा छ कि छैन भनेर सोध्दा यो पहिलेदेखि चलेको र आफुले चोरी गर्न नदिएमा ड्राइभरले आन्दोलन गर्ने समेत हामीलाई बताएका छन् ।
डिपो प्रमुख साहले यस्तो काम आफुले मात्र नगरेको र अन्यत्र पनि यो काम हुने समेत बताएका छन् ।
आवश्यकताअनुसार अमलेखगञ्ज डिपोले पठाएको ईन्धन ढुवानी गर्ने ट्यांकरहरूको डेन्सिटी, टेम्प्रेचर र डिप चेक गरेर पेट्रोल पम्पहरूमा पठाउने जिम्मा महेन्द्रनगर डिपोको हो । यस डिपोमा २ दिनसम्म ट्यांकरमै ईन्धन स्टोरेज गरेर राखिँदै आएको व्यबसायीको भनाई छ, जुन निगमका लागि थप ब्यायभार हो ।
यो डिपोले धनुषा, महोत्तरी र सिन्धुलीका केही गरि ८२ वटा पेट्रोल पम्पलाई इन्धन बितरण गर्ने जिम्मा पाएको छ । यश डिपोका लागि दैनिक ८० देखि ९० ट्याङ्कर ढुवानी हुने गर्दछ ।
डिपो प्रमुख साहको यो हर्कतले सो डिपोबाट पेट्रोल डिजेल खरिदगरी व्यबसाय गर्दै आएका पेट्रोल पम्पहरू कतिपय पलाएन भएका छन् भने कतिपय पलाएन हुने बाटोमा छन् ।
व्यबसायीहरुहले यो बिषय पटकपटक जिल्ला प्रसाशन कार्यालय र नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा समेत जानकारी गराए पनि कुनै कारबाही अगाडी नबढेको बताएका छन् ।