आजको मौसम : यी ३ प्रदेशका केही स्थानमा वर्षा र हिमपातको संभावना

Telecom

काठमाडौ।अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदहरूले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पुयर्वानुमान महाशाखाका अनुसार हाल बिहीवार (बिहान)पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। तराईका केही स्थानमा तथा पहाडी भेगका एक-दुई स्थानमा हुस्सु लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा बाँकी भागमा मौसम सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

adb bank long