शिक्षा मन्त्री भट्टराई र बिकास साझेदारबिच शिष्टाचार भेट

Telecom

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईसंग  मन्त्रालयको नेतृत्वमा कार्यान्वयनमा रहेको विद्यालय शिक्षा क्षेत्र योजना (School Education Sector Plan- SESP) कार्यान्वयनका संयुक्त विकास साझेदारहरूले शिष्टाचार भेट गरेका छन्।

उक्त अवसरमा मन्त्री भट्टराईले संयुक्त वित्तीय साझेदारका प्रमुख तथा प्रतिनिधिहरूलाई स्वागत गर्दै विकास साझेदारहरूले नेपालको शिक्षा क्षेत्रमा गरेको सहायताप्रति प्रशंसा गरेकी छन्। अन्य विकास साझेदारहरूको तर्फवाट हाल कार्यान्वयनको क्रममा रहेको विद्यालय शिक्षा क्षेत्र योजनाको सबै क्षेत्र तथा उपक्षेत्रहरूको समीक्षा गरी आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने विषयमा नेपाल सरकारसँग संयुक्त रूपमा सहकार्य गर्ने विषय लाई मन्त्री भट्टराईले विशेष जोड दिएकी छन्।

मन्त्री भट्टराईले नेपालको शिक्षा क्षेत्र सुधार गर्न शिक्षकको प्रमुख भूमिका हुने  र शिक्षकको गुणस्तर सुधार आवश्यक रहेकोले शिक्षक विकास र व्यवस्थापनको रणनीति, विद्यालय दिवा खाजा, सिकाइ सामग्री विकास र प्रयोग जस्ता विषयहरू प्राथमिकतामा राख्न अनुरोध गरेकी छन् ।

भेटघाटमा नेपालका लागि नर्वेजियन राजदूत Ms. Torun Dramda ले नर्वे सरकारले नेपालको शिक्षा क्षेत्रलाई बलियो बनाउन कार्यान्वयनको केन्द्रविन्दुको रूपमा रहेको स्थानीय तहको क्षमता विकासमा सहयोग गर्न चाहेको बताएका छन् ।

विकास साझेदारको तर्फबाट नेपालका लागि  नर्वेजियन राजदूत Ms. Torun Dramda को नेतृत्वमा एडीबी , युएसआइडी , युनिसेफ , युरोपियन युनियन वर्ल्ड बैंक , जिपिई का प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको  थियो।

adb bank long