चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिव सहितको बैठक

Telecom

काठमाडौ । यही मंसिर १७ गतेदेखि २१ गतेसम्म चीन भ्रमणमा निस्किन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्न भन्दै सबै मन्त्री र सचिवहरुलाई बोलाएका छन् ।

आज (बुधबार) दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री ओलीले सरकारका कामको त्रैमाशिक समीक्षाका लागि मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरुको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी छ ।

त्यस्तै अर्थतन्त्र सुधार उन्मुख गएको भनिएको, तर बजारमा महसुस हुन नसकेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । यस्तै बैठकमा सरकारको काम प्रभावकारी हुन नसक्नुका कारण, जनतामा बढ्दै गएको निराशा लगायतका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

adb bank long