अमेरिकामा मापसे गरेका नेपालीले चलाएको कारले ठक्कर दिँदा २ नेपालीको मृत्यु

Telecom

काठमाडौ । अमेरिकाको भर्जिनिया राज्यस्थित च्यान्टिलीनजिकै नेपालीले चलाएको कारले अर्को कारलाई ठक्कर दिँदा कारमा सवार दुई नेपालीको मृत्यु भएको छ।

स्थानीय समयाअनुसार शुक्रबार मध्यराति सो दुर्घटना हुँदा रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदीको पनि मृत्यु भएको हो भने काठमाडौँका मेहुल श्रेष्ठ घाइते भएका छन् ।

अस्पतालमा उपचाररत श्रेष्ठको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको थियो ।

ठक्कर दिने कारका चालक ३० वर्षीय विजय तामाङलाई पक्राउ गरी दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ। अहिले उनलाई लाउडाउन काउन्टी अडल्ट डिटेन्सन सेन्टरमा राखिएको छ।

चालक तामाङले अत्यधिक मादक पदार्थ पिएर कार चलाएकाले दुर्घटना भएको त्यहाँको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कार अनियन्त्रित भई सडकबाहिर उछिट्टिँदै रूखमा गएर ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रोटोन एजुकेसन
adb bank long