मन्त्रीपरिषद्ले स्वीकृत गरेसंगै भोलीबाट शुल्कसहित धरहरा चढ्न पाइने, कसलाई कति लाग्छ ?

Telecom

काठमाडौ । गत बिहीवार बसेको मन्त्रीपरिषद्ले स्वीकृत गरेसंगै भोलीबाट धरहरा चढ्न पाइने भएको छ ।

यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब भने स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने भएको छ।

त्यसैगरी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्क राष्ट्र बाहेकका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क लाग्ने भएको छ ।

स्वदेशी नागरिकको हकमा भने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन् ।

यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ।

त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन (व्यावसायिकबाहेक) गर्न प्रतिघण्टा रु पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडिओ छायाङ्कन गर्न प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार शुल्क निर्धारण गरिएको छ।

सहरी विकास मन्त्रालयले राखेको उक्त प्रस्ताव गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेसंगै यो शुल्क तय भएको मन्त्रालयले जनाएको हो।

adb bank long