काठमाडौ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसमविदहरूले बताएका छन् । त्यसैगरी देशका पहाडी भूभागमा स्थानीय वायुकोसमेत सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले यतिबेला कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा छ। तराई भूभागका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी आज राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।