रविलाई बुटवल कहिले लैजाने भन्ने आज टुङ्गो लाग्ने

Telecom

पोखरा । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका पूर्व गृहमन्त्री एबं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि रूपन्देही कहिले पठाउने भन्ने आज टुङ्गो लाग्ने भएको छ ।

तराईका जिल्लाहरुको छठ पर्वको बेला रहेको र बढी भिडभाड हुने भएकाले सुरक्षा संवेदनशीलतालाई हेरेर प्रहरीले अझै निर्णय लिन नसकेको अबस्थामा लामिछानेलाई म्याद थप गर्न आज कास्की जिल्ला अदालत पेश गर्ने र म्याद थप भएमा छठ पर्वपछि र यदी म्याद थप नभएको अवस्थामा आज नै बुटवलमा उपस्थित गराउने तयारी भएको प्रहरीले जनाएको छ।

रूपन्देही जिल्ला अदालतले लामिछाने र फरार जिबी राईसहित १२ जनालाई पक्राउ गर्न अनुमति दिएसंगै उनलाई बुटवल ल्याउन भन्दै रूपन्देही प्रहरीले कास्की प्रहरीलाई एकसाता अघी नै पत्र पठाएको थियो । सोही अनुसार लामिछानेलाई बुटवल लैजान लागिएको हो ।

लामिछानेलाई रूपन्देही जिल्लाको बुटवलमा रहेको सुप्रिम सहकारीको १४ करोड २९ लाख बचत अपचलन सम्बन्धी अनुसन्धान गर्न बुटवल लैजान लागिएको हो । सुप्रिम सहकारीबाट गोर्खा मिडियामा १४ कतोड २९ लाख र रवि लामिछानेको नाममा १ करोड ९६ लाख गएको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

रविलाई पोखरामा रहेको सूर्यदर्शन सहकारीको बचत अपचलन र संगठित अपराध कसुरको अभियोगमा यही कार्तिक २ गते पक्राउ गरिएको थियो । लामिछानेलाई कास्की प्रहरीले दुई पटक अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ । पछिल्लो पटक थप गरिएको म्याद गत कार्तिक १४ गते नै सकिएको छ । तिहार विदाका कारण अहिले उनी कास्की प्रहरी हिरासतमा नै छन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरूले कार्तिक १४ मा नै रविको बयान पुरा गरेर जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र अनुसन्धान अधिकृत (डीएसपी) वसन्त शर्माले बयान प्रमाणित गरेका छन् ।

adb bank long