एजेन्सी । भारतको उत्तराखण्डको अलमोरा जिल्लामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ।
सोमबार बिहान पाउरीबाट रामनगर जाँदै गरेको ४५ सिट क्षमताको बस सडकबाट २०० मिटर तल नदी किनारमा खसेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ। प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा शब निकाल्न खटिएका छन्।
घाइते ९ जनाको उद्धार गरी अस्पताल पुर्याइएको थियो। ९ जना घाइतेमध्ये ३ जनालाई उपचारको लागि हेलिकप्टरमार्फत् एम्स अस्पताल लग्ने तयारी भइरहेको समाचारमा उल्लेख छ।