सर्लाही । सर्लाहीमा बनाउँदै गरेको घरको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ भने अर्का एक मजदुर घाइते भएका छन् ।
जिल्लाको बरहथवा नगरपालिका–७ मा राजनारायण साहको नयाँ बनाउँदै गरेको घरको पर्खाल भत्किएर च्यापिँदा आइतवार दिउँसो जिल्लाकै बरवरिया गाउँपालिका–३, बगलवाका १७ वर्षीय रविन माझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी गराएको छ । घाइते माझीको बरहथवा बजारस्थित भेनस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै सोही दुर्घटनामा परी बरवरिया गाउँपालिका–३, क्याम्प चोकका १९ वर्षीय विकास महतो घाइते भएका छन् । उनको बरहथवास्थित ह्याप्पी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।